बैतडी- बैतडीमा कोदालो प्रहारबाट श्रीमती सहित ३ जना घाइते भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका-७ का ६२ वर्षीय किसन सिंह धामीले कोदालो प्रहार गर्दा तीन जना घाइते भएका हुन् ।
धामीकी ५६ वर्षीया श्रीमती पार्वती, डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट कोदालो प्रहारबाट घाइते भएका हुन् ।बिहिवार बि
हान ९ बजे धामीले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलौनी र भट्ट माथि पनि कोदालो प्रहार भएका प्रहरीले बताएको छ । उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुँदैछ ।
उनीहरूको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिएको छ । धामीले कोदालो प्रहार गर्नुको कारण खुलेको छैन । उनी प्रहरीको नियन्त्रणमा छन् । घटनाको अनुसन्धान सुरु भएको छैन ।