आयआर्जनसँग जोड्न दलित परिवारलाई बाख्रा वितरण

हरिश चन्द/डडेल्धुरा ८ चैत- आलितालका ग्रामीण क्षेत्रमा अहिले पनि धेरै नागरिक गरिबीको रेखामुनि छन् । ज्याला, मजदुरी र निमेक गरेर दैनिकी चलाउनु पर्ने उनीहरुको बाध्यता छ । आयआर्जनको माध्यम केही छैन भने रोजगारको अवसर पनि छैन । बिहान बेलुका के खाउँ, के लाउँ भन्ने अवस्थाका परिवारलाई आलिताल गाउँपालिकाले आयआर्जन सँग जोड्न थालेको छ । खास गरी पालिकाभर रहेका दलित समुदायबाट अभियान थालिएको छ ।

दलित समुदायलाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउनका लागि बाख्राका पाठी वितरण गरिएको छ । गाउँघरमा बाख्रा पाल्नका लागि पर्याप्त घाँस तथा दाना पाइने र छोटो समयमा आम्दानी गर्न सकिने हुँदा गरिब तथा विपन्न दलित परिवारलाई बाख्रा वितरण गरिएको आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिह पार्कीले जानकारि दिनु भयो । पालिकाको ६ नं वडाका दलित परिवार छनोट गरी बाख्रा दिएको पार्कीले बताए ।

Navadurga sun

चालु आर्थिक वर्षको दलित लक्षित आयआर्जन तथा स्वरोजगार कार्यक्रम अन्तर्गत १५ जनालाई बाख्रा वितारण गरको छ । एक दलित परिवारलाई ४ वटा बाख्रा गरि ६० बाख्रा वितरण गरेको छ ।

“विपन्न परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो चरणमा सानो भए पनि सहयोग गरेका छौँ, उहाँहरुलाई चाहिने न्यूनतम सहयोग निरन्तर हुनेछ, बाख्राको पाठो नै सहयोग गर्नु पर्ने कारण यसले अबको केही महिनामा उत्पादन दिन्छ, त्यसलाई बढाउँदै गएमा आगामी एक वर्ष देखि थोरै भए पनि आम्दानी दिन थाल्नेछ, केही वर्षमै उहाँहरुको जीवनस्तर उकासिने अपेक्षा गरेका छौँ, अन्य सहयोग पनि दिँदै जाने योजना रहेको आलिताल गाँउपालिका उपाध्यक्ष मैना कुमारी रावलको भनाई रहेकोछ ।”

बाख्राका पाएपछि वडा नं ६ की धना कामी खुसी भईन् । अहिले सम्म आफूले अरुको ज्याला मजदुरी गरेर दैनिकी चलाउँदै आएको भन्दै उनले अब यहीबाट धेरै बाख्रा उत्पादन गर्नेतर्फ लाग्ने बताए । आफूले एउटा बाख्रा किनेर पाल्न नसकेको सुनाउँदै उनले अब पालिकाले दिएको बाख्रालाई व्यावसायिकरुपमा पाल्दै जाने र संख्या बढाउँदै जाने बताए । “गाउँपालिकाले हाम्रा लागि निकै ठूलो सहयोग गर्‍यो, गाउँमा बाख्रा पाल्नलाई समस्या छैन, घाँसपात पर्याप्त छ, अहिले सम्म एउटा बाख्रा पाल्न सकेको थिएन, अब यही बाख्रालाई पाल्दै जाने, र “बाख्राको संख्या बढ्दै गयो भने कमाइ राम्रो होला भन्ने लागेको दलित समुदायका परिवारको भर्ना रहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...