सुदूरपश्चिमका चर्चित डेउडा गायक चक्र बमको होली विशेष गीतको भिडियो आफ्नो फेसबुक मार्फत सेयर गर्दै डा.युवराज संग्रौलाले एकथरी मानिस देशका बिरूद्दमा लागिरहेका बेला यो देशलाई माया गर्ने मानिसहरू समेत रहेको भन्दै प्रतिकृया जनाएका छन ।




महान्यायाधिवक्ता समेत भइसकेका संग्रौलाले देशको अर्थतन्त्र, संस्कृति, शिक्षा र नागरिकको आचरण समाप्त गरेर भित्र बाट देश सिध्याउन लागेका बेला चक्रबमको उक्त गीत राष्ट्रप्रेम र संसकृति जोगाउने उदाहरण भएको भन्दै आफ्नो फेसबुक मार्फत प्रतिकृया जनाएका हुन । चक्र बमको उक्त गीतको भिडियो गायक आफैले सोमबार मात्रै सार्वजनिक गरेका थिए ।






