घरमा आगलागी हुँदा ८५ हजारको धनमाल नष्ट

कञ्चनपुर- कञ्चनपुरको एक घरमा आगलागी भएको छ । बेदकोट नगरपालिका-१ हात्तिथला स्थित प्रताप ऐरको जस्ता पाताले छाएको घरमा कुडो पकाउन बालेको आगोबाट अचानक आगलागी भएको हो ।

आगलागी हुँदा घर भित्र रहेको अन्न, लत्ताकपडा, भाँडाकुडा र पराल जली अन्दाजी ८५ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्ष प्रकाश डाँगीले बताए । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डाँगीले बताए ।

Loading...