गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि स्टार सिटीलाई

धनगढी- स्टार सिटी क्लब धनगढीले गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार भएको फाईनल खेलमा फारवेष्ट पशुपति युथ क्लबलाई ५-० गोल अन्तरले हराउँदै स्टार सिटी युवा क्बल प्रतियोगिताको च्याम्पियन बनेको हो । गत संस्करणको उपविजेतता स्टार सिटीले यस पटक उपाधि जित्न सफल भएको हो ।

उपाधि सहित स्टार सिटीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको फार वेस्टले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलमा कमल देउवा नायक बनेपछि स्टार सिटीले सहजै उपाधि जितेको हो । उनले फाइनल खेलमा चार गोल गरे । खेलको आठौं मिनेटमा पहिलो गोल गरेका उनले २० औं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पुरा गरेका थिए । कमलले ६२ औं मिनेटमा ब्यक्तिगत चौथों गोल पुरा गरेका थिए । खेलको ७९ औं मिनेटमा भुपेन्द्र शाहीले गोल गर्दै स्टार सिटीलाई सहज जित दिलाए । फाईनल खेलमा चार गोल गरेका कमल प्लेयर अफ द म्याच घोषित भए ।

स्टार सिटीका कुबेर सिंह प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे । विधागततर्फ फारवेष्टका अमानत शेख उत्कृष्ट गोलकिपर, स्टार सिटीका नरेन्द्र चौधरी उत्कृष्ट डिफेन्डर, स्टार सिटीका कमल देउवा उत्कृष्ट फरवार्ड, स्टार सिटीका अभिनाष थापा उत्कृष्ट मिडफिल्डर घोषित भए । स्टार सिटीका कुबेर सिंह प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे ।

गौरीगंगा ११ का निराजन धामी उदयमान खेलाडी घोषित भए । विधागत तर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको चौथों संस्करण सफलता पूर्वक सम्पन्न गरेको आयोजक गौरीगंगा ११ क्लबका अध्यक्ष दिनेश कलेलले बताए ।

Loading...