डडेल्धुराको परशुरामका प्रमुख प्रशासकीय अधिकृत माथि कुटपिट

Purbadhar dadeldhura

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । कार्यपालिका बैठकमा प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो ।

Malpot office dadeldhura

अधिकृत जोशी माथि कार्यपालिकाका बहुमत सदस्यहरूले कुटपिट गरेको बताइएको छ । कार्यपालिकामा नेकपा माओवादीका बहुमत सदस्य रहेका छन् । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीन वटा टाँका लगाइएका छन ।

बजेट संशोधन गर्ने सहित १३ एजेन्डा माथि छलफल गर्न बैठक डाँकिएको थियो । तर, कार्यपालिका सदस्यहरूले बैठकमा विरोध गर्दै कुर्सी हानाहान गरेको हुन् । जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा घटनाको विषयमा जानकारी भएको छ । तर, प्रहरीमा निवेदन तथा उजुरी भने दर्ता भएको छैन ।

नेकपा माओवादी केन्द्रबाट विजयी कार्यपालिका सदस्यहरू धेरै पहिले देखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नु पर्ने माग राखिरहेका थिए । आजको बैठकमा पनि उनीहरूले सोही माग गर्न थाले पछि प्रमुख प्रकाशकीय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरूले गर्न नसक्ने बताएका थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृत माथि हातपात गरेका थिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...