डडेल्धुराको परशुराम नगरपालिकाले उज्यालो परशुराम अभियानकाे शुभारम्भ

डडेल्धुरा, २७ फागुन– डडेल्धुराको परशुराम नगरपालिकाले उज्यालो परशुराम अभियानको शुभारम्भ गरेको छ । विद्युत लाइन तान्ने काम दुर्गम बस्तीको वडा नं. ३ बाट आइतबार देखि सुरुवात गरिएको छ । क्रमिक रुपमा अन्य वडाहरुमा पनि विद्युत लाइन विस्तार गरिने नगर प्रमुख भरत बडायर जोशीले बताए । नगरपालिकाले बिद्युली नपुगेका प्रत्येक दुर्गम बस्ती, गाउँ तथा घरमा बिजुली पुर्याउने योजना अनुरुप नगरको पुर्ण विद्युतिकरण शुभारम्भ गरिएको हो ।

Ganyapdhura gau

Navadurga sun

ढिलो चाँडो भए पनि केवल निस्वार्थ भावले प्रष्ट जनसेवा लागि हक हितका निमित्त खटिने मन वचन र कर्मले जनसेवामा जुट्ने नगर प्रमुख भरत बडायर जोशीले प्रतिवद्धता जनाएका छन् ।

नगर पुर्ण विद्युत उज्यालो अभियान अबधारणा अन्तर्गत उक्त कार्यक्रम १२ वटै वडाका सम्पूर्ण गाउँ टोल घर दुरी टाढा बस्तीको लागि विद्युत पोल आई काम कार्य तिब्र गतिमा शुभारम्भ गरिनुका साथै दुगम बस्तीमा नेपाल टेलिकम सेवाका टावर राखिने क्रममा वडा नं. २ मा टावर राख्ने काम भइसकेको र अन्य दुर्गम वडामा टावर राख्ने कार्य भई रहेको जनाइएको छ । विद्युत सेवाबाट कुनै पनि वडाहरु बन्चीत नहुन भनेर विद्युत सेवा सुरु गरिएको छ । साथै नेटवर्क नआउने ठाउँमा नेपाल टेलिकमको टावर समेत विस्तार कार्यलाई तिब्रता दिइने नगर प्रमुख जोशीले बताए ।

Dadhaldhura pur

समय अनुरुप परिवर्तन विकास निर्माण योजनाका कामकार्यहरु सधै भरी सम्बन्धित सरोकारवाला निकायहरुको माग पहल सम्वोधन गर्नुका साथै बजेट विनियोजन निरन्तरता दिँदै आउने नगर प्रमुख जोशीले बताए ।

परशुराम नगरपालिका पुर्ण उज्यालो नगर सुन्दर नगर जनताहरुका आधारभूत आवश्यकता पुरा गर्न निरन्तर रूपमा रात दिन नभनि केवल जनताका पक्षमा नगर प्रमुख खटिएको पालिकाका एक जना कर्मचारीले जानकारी दिए । अब केही दिनमै परशुराम नगरपालिका १२ वटै वडामा विद्युत समस्या समाधानका हुने प्रतिबद्धता समेत जनाएका छन् ।

पुर्ण रुपमा उज्यालो परशुराम नगरपालिका नगर जनसमुदायहरूको सेवा सुविधा विकास निर्माण कार्यमा सक्रिय रहँदै एक पछि अर्को कार्यमा अग्रसर रुपमा खटदै आउँदै गरेका छन् । सम्पूर्णमा साथ समर्थनका साथ सहयोग सुझाब सल्लाह दिनुहुन परशुराम नगर बासिन्दा जनसमुदायहरूमा अनुरोध समेत गरिएको छ ।
त्यस्तै नगरपालिकाले सडकको कालोपत्रे, सडक सञ्जालीकरण, फुटपाथ, ढल निकास, सडक बत्ती, सिसी क्यामेरा जडान लगायतका योजना सञ्चालन गर्दै आएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...