गोदावरी पब्लिक स्कुलले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियामा रहेको गोदावरी पब्लिक स्कुलले पहिलो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। शनिवार दुर्गालक्ष्मी नमुना माविका प्राचार्य शिवराज जोशीको प्रमुख अतिथ्यतामा स्कुलले पहिलो वार्षिकोत्सव मनाएको हो ।

Malpot office dadeldhura

विद्यालय एक बर्ष अगाडि मात्र स्थापना भएको हो । कक्षा १ देखि ८ सम्म पढाई हुने विद्यालयमा हाल कक्षा ८ सम्म अध्यापन हुने उक्त विद्यालयमा १ सय ८० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका सहायक प्रधानाध्यापक सुरज कट्टेलले बताए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिपिका पन्थीले विद्यालयको प्रगति एवं आगामि कार्यक्रमका बारेमा जानकारी गराएकी थिइन् ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुका विभिन्न प्रतिभाहरु प्रस्तुत गरिएका थिए । वर्ष भरीका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रम साहित्यकार कृष्ण पनेरु ‘बञ्चित’ र समाजसेवी लोकराज पाण्डे ‘आगो’ लगायत लाई सम्मानित गरेको हो ।

एक वर्ष अघि साबिकको मल्सिमी एकेडेमीको नाम र व्यवस्थापन परिवर्तन गरी झन्डै ३ करोडको लगानीमा सञ्चालन गरिएको स्कुलले हाल कक्षा १० सम्मको अध्यापन अनुमत पाएको स्कुलका प्रबन्ध निर्देशक हेमराज नौन्यालले जानकारी दिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...