बैतडीमा ढुंगा लागेर एक जनाको मृत्यु

Purbadhar dadeldhura
Malpot office dadeldhura

बैतडी- बैतडीमा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । बालुवा खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर सिगास गाउँपालिका-५ साउनसल्याडीका अन्दाजी ५४ वर्षीय प्रेम सिंह धामीको मृत्यु भएको हो ।

गाउँमा निर्माण भइरहेको साउन सल्याडी सिँचाइ कुलोको लागि बालुवाखानीमा बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर टाउकोमा चोट लागेर धामी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीवार साँझ घटना भएको र सोही राति नै धामीको मृत्यु भएको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...