सुदूरपश्चिम प्रदेश भित्र १८ लाख मेट्रिक टन भन्दा बढी खाद्यन्नबाली उत्पादन

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिम प्रदेश भित्र १८ लाख मेट्रिकटन भन्दा बढी खाद्यन्नबाली उत्पादन भएको छ । गत वर्ष प्रदेशका ९ वटै जिल्लामा गरी १८ लाख ९ हजार १ सय ७० मेट्रिकटन खाद्य तथा अन्य बाली उत्पादन भएको हो ।

खाद्यबाली उत्पादनमा कैलाली जिल्ला सबै भन्दा अग्रस्थानमा छ । कृषि ज्ञान केन्द्र तथा कृषि विकास निर्देशनालय सुदूरपश्चिमकाा अनुसार कञ्चनपुरमा ६ लाख ९१ हजार ५ सय ९८ मेट्रिकटन खाद्यबाली तथा अन्य बाली उत्पादन भएको छ ।

Malpot office dadeldhura

त्यस्तै कैलालीमा ५ लाख ५१ हजार ६ सय ९८ मेट्रिकटन खाद्यन्न तथा अन्य बाली उत्पादन भएको प्राप्त तथ्यांकले देखाएको छ । दार्चुलामा भने सबै भन्दा कम ५१ हजार ६ सय ५३ मेट्रिकटन मात्र उत्पादन भएको छ । डडेल्धुरामा ८० हजार ६ सय २२, बझाङमा ९१ हजार ७ सय २८ तथा बाजुरामा ६५ हजार ७ सय मेट्रिकटन खाद्य तथा अन्यबाली उत्पादन भएको छ ।

डोटीमा १ लाख १७ हजार ९ सय ९२ तथा अछाममा ८५ हजार ५ सय ५३ मेट्रिकटन खाद्य तथा अन्यबाली उत्पादन भएको छ । खाद्य तथा अन्य बालीको उत्पादनमा कञ्चनपुर जिल्लाको हिस्सा सबै भन्दा बढी ३८ दशमलव २३ प्रतिशत र दार्चुला जिल्लाको सबै भन्दा कम २ दशमलव ८६ प्रतिशत देखिएको छ ।

खाद्य तथा अन्य बालीको उत्पादन १५ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ । प्रमुख खाद्य तथा अन्य बाली मध्ये सबै भन्दा बढी जौं र धानको उत्पादन क्रमशः ५८ दशमलव ३४ प्रतिशत र ४९ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ भने फापरको उत्पादनमा भने सबै भन्दा बढी १८ दशमलव ३४ प्रतिशतले ह्रास आएको छ ।

जिल्लागत आधारमा बाजुरा, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर जिल्लामा खाद्य तथा अन्य बालीको उत्पादनमा वृद्धि भएको छ भने बैतडी, डडेलधुरा र अछाममा उत्पादनमा ह्रास आएको छ । यस्ता बालीको उत्पादन सबै कभन्दा बढी बझाङ जिल्लामा ५१ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ भने बैतडी जिल्लामा १० दशमलव ५ प्रतिशतले ह्रास आएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...