अत्तरिया, २१ फागुन । कैलालीको चुरे गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको शिक्षा शाखा प्रमुख बिबिराज सोतीले जानकारी दिए ।
प्रतियोगिता फागुन २२ गते देखि २४ गते सम्म गाउँपालिकाको प्राङ्गणमा सञ्चालन हुने चौथो अध्यक्ष कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा यस गाउँपालिका भित्र रहेका ६ वटै वडाबाट महिला पुरुषका बढीमा दुई/दुई टिमको सहभागिता हुने गरी खेलाडी सहभागी गराउन सकिने गाउँपालिका प्रशिक्षक दिपेन्द्र मलासीले जानकारी दिए ।
पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्पm प्रथम हुनेलाई ७७ हजार ७ सय ७७ रुपियाँ, द्वितीयलाई ५५ हजार ५ सय ५५ रुपियाँ, तृतीय हुनेलाई ३३ हजार ३ सय ३३ रुपियाँ रहेको छ । त्यस्तै महिला तर्फ प्रथम हुनेलाई ४४ हजार ४ सय ४४ रुपियाँ, द्वितीयलाई ३३ हजार ३ सय ३३ रुपियाँ, तृतीय हुनेलाई २२ हजार २ सय २२ रुपियाँ सहित प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।