परशुराम नगरपालिकाले संचालनमा ल्यायो मेरो मेयर

प्रकाश बहादुर बोहरा/अत्तरिया, २१ फागुन– डडेल्धुराको परशुराम नगरपालिकाले आधिकारिक गुनासो/उजुरी, सुझाव/सल्लाह सुन्ने अनलाइनको माध्यम “मेरो मेयर” निर्माण गरेको छ ।

नगरपालिकाको http://hmf.parshurammun.gov.np लिंकमा गएर गुनासो गर्न सकिने छ । नगर प्रमुख भरत वडायर जोशीले भने सम्पूर्ण नगरवासीलाई यस आधिकारीक पेजमा स्वागत गर्दछौं ।

“मेरो मेयर“ मार्फत हजुरहरुले परशुराम नगरपालिका संग सम्बन्धित आफ्ना गुनासा/उजुरी, सुझाव/सल्लाह हरु सिधै नगर प्रमुख, उप प्रमुख तथा सम्बन्धित वडा कार्यलय र सम्बन्धित शाखाहरूमा राख्न सक्नु हुनेछ ।

चाँडै “मेरो मेयर (My Mayor)“ मोबाईल App सार्वजनिक गरी यी सबै सेवा लगायत ई-सिफारिस समेतका सेवाहरु App मार्फत प्रवाह गरिने जानकारी समेत मेयर जोशीले गराए । यस प्लेटफर्ममा सम्पूर्ण नगरवासीहरुलाई गुनासो राख्ने एउटा राम्रो माध्यम हुने विश्वास गरिएको छ ।

उजुरी दर्ता गर्ने तरिकालाई निम्नलिखित तरिकाले गर्न सकिने छ :
१. “गुनासो/उजुरी दर्ता गर्नुहोस“ मा Click गर्नुहोस ।
२. देखीएको गुनासो दर्ता फारम (जसमा गुनासोको बिषय, विवरण, तपाईंको नाम, ठेगाना, मोबाईल नम्बर) भरि गुनासो दर्ता गर्नेुहोस मा Click गर्ने ।
३. गुनासो दर्ता गरिसकेपछी प्राप्त भएको दर्ता नम्बर सुरक्षीत राख्नुहोस ।
४. उजुरी पछि गुनासोको स्थिति थाहा पाउन
यो लिङ्कमा गएर http://hmf.parshurammun.gov.np गुनासोको स्थिति थाहा पाउनुहोस मा Click गरि प्राप्त भएको दर्ता नम्बर राखेर खोज्नुहोस मा Click गरेर गुनासो बारे थाहा पाउन सकिन्छ ।

Loading...