चैतन्य पाठशालाको तेक्वान्दो च्याम्पियनशिप २०८० सम्पन्न

धनगढी- धनगढीमा रहेको चैतन्य पाठशालाको वार्षिक खेल अन्तरगत तेक्वान्दो च्याम्पियनशिप २०८० शुक्रबार भव्यरुपमा सम्पन्न भएको छ । विभिन्न तौल समूहमा ५० जना खेलाडीले प्रतिस्पर्धा गर्दै आफूले सिकेको उत्कृष्ट कलाको प्रदर्शन गरेका थिए ।

सोही तेक्वान्दो च्याम्पियनशिप २०८० कार्यक्रममा तेक्वान्दोका वरिष्ठ प्रशिक्षक शेर बहादुर सिंह, सुदूरपश्चिम तेक्वान्दो सचिव श्री राम चौधरी, तेक्वान्दो सिनियर प्रशिक्षक आशिष चन्द, एपीएफ पूर्व तेक्वान्दो प्रशिक्षक मोती लाल राना रहेका थिए ।

Navadurga sun

भने जनहित तेक्वान्दो डोजाङ प्रमुख योगेन्द्र खोलौला, रेफ्रीहरु, पाठशालाका पिटीए अध्यक्ष ईश्वर गिरी ,अभिभावक लगाएत को उपस्थिती रहेको थियो। प्रतियोगितामा वेस्ट फाइटर आयुष्मान सिंह राइजिङ प्लेयर विराज बोहरा, डिसिप्लिन प्लेयर सागर थापा ले जितेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...