सुदूरपश्चिम प्रदेश स्वास्थ आपूर्ति केन्द्रका प्रमुख डा.अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय

धनगढी – सुदूरपश्चिम प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री स्तरीय बैठकले अर्याललाई दोहोरो जिम्मेवारीबाट हटाएर दरबन्दी भएकै स्थानमा पठाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेकाे हो ।

Navadurga sun

सेती प्रादेशिक अस्पतालमा वरिष्ठ रेडियोलोजिष्ट पदमा कार्यरत अर्याल प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त निर्दशकको जिम्मेवारीमा थिए । उनलाई सामाजिक विकास मन्त्रालयले उनलाई ३० फागुन २०७९ मा प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रको जिम्मेवारी दिएको थियो ।

तर अर्यालले भने प्रदेश सरकारले गरेको निर्णय विरुद्ध कानुनी उपचारमा जाने बताएका छन् । प्रदेशका चार अस्पतालमा एकीकृत अस्पतालजन्य फोहोर व्यवस्थापन प्रणालीका लागि उपकरण खरिद प्रक्रियामा मिलेमतो गरेको भन्दै प्रदेशसभाको सामाजिक विकास समितिले अर्याल माथि छानबिन गरिरहेको थियो।

छानबिन नसकिदा सम्म उनलाई जिम्मेवारी मुक्त गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको थियो तर मन्त्रालयले अर्याललाई पदमुक्त गर्ने अधिकार नभएकाे भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्राचार गरेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...