गोदावरी-१ को तल्लो चैतन्यपुरमा तटबन्धन कार्य सुरु

Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १ को खैराना खोलाको कटान क्षेत्र वडा नं. १ तल्लो चैतन्यपुर टोलमा तटबन्धनको कार्य सुरु भएको छ । गोदावरी नगरपालिकाद्वारा १२ लाख रकमबाट उक्त आयोजनाबाट सुरु गरिएको छ ।

Malpot office dadeldhura

बर्सातको समयमा जमिन कटान गरी खोलामा पानीको बहाव बढ्दैजाने समस्या आउदै गरेकोले उक्त गाउँबस्तीमा बाढी पस्नबाट र जनतालाई बाढीबाट जोगाउनका लागि तटबन्धन बिहिबार देखि ग्याविन जाली सहित तटबन्धन कार्य सुरु भएको छ ।

यस क्षेत्रमाका बासिन्दाहरुका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट सँगै वडा अध्यक्षको स्थलगत अनुगमन र गाउँबासीको माग अनुरुप गोदावरीका बिभिन्न ठाउँ र बस्ती जोगाउनका लागि स-साना देखि बृहत किसिमका योजना अगाडी बढिरहेको जानकारी गोदावरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता गोपाल दत्त भट्टले बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...