परशुरामधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रको रूपमा थप ब्याबस्थित गरिदै

प्रकाश बहादुर बोहरा/अत्तरिया- स्कन्द पुराणका अनुसार तीनै लोकमा अति नै पवित्र मानिएको धार्मिक स्थल परशुरामधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रको रूपमा थप ब्याबस्थित बनाउन महत्वपूर्ण भुमिका परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीको रहेको छ। धामलाई व्यवस्थित बनाउनको लागि नेपाल सरकार, अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरिएको छ ।

Ganyapdhura gau

परशुरामधामको धार्मिक, सांस्कृतिक तथा प्रकृतिक पर्यावरणीय पक्षलाई संरक्षण गर्दै सौन्दर्यकरण गर्ने हाम्रो उद्देश्य अनुरुप टेन्डर आह्वान समेत भइ सकेकोले आवश्यक सल्लाह/सुझाव दिनु हुन नगर प्रमुख जोशीले जानकारी दिए ।

Navadurga sun

त्यस क्षेत्रमा पर्यटकको आकर्षण बढाउनको लागि त्यस क्षेत्रमा पोखरी निर्माण गरी पानीको फोहरा लगायत विभिन्न संरचनाहरु निर्माण हुने भएको जोशीले जानकारी दिए ।

Dadhaldhura pur

यस क्षेत्रमा भगवान परशुरामले तप, ध्यान तथा साधना गरेको पवित्र धार्मिक स्थलको चौतर्फी बिकासका लागि नगर प्रमुख जोशी निरन्तर रुपमा खटिरहेका छन् । उनि विकास निर्माण देखि लिएर बिभिन्न धार्मिक पर्यटकिय र परशुराम क्षेत्रलाई सौन्दर्य बनाउनका लागि आफु लागि परेका छन् । शिक्षा क्षेत्र देखि लिएर हरेक क्षेत्रमा नगर प्रमुख जोशीको त्यतिकै भुमिका रहेको पाइन्छ ।

हिन्दुहरुको प्रसिद्ध तिर्थ स्थल परशुरामधाम डडेल्धुरा सदरमुकामबाट करिब एक सय किलो मिटर दुरीमा रहेको छ । हैयेयवंशि क्षेत्रियहरुले पिता जगदग्नीको हत्या गरी कामधेनु गाई अपहरण गरेको र आततायी क्षेत्रियहरुको अत्याचार कम गर्न क्षेत्रिय विनास गरेको एक्काईस पटक पृथ्वीको परिक्रमा गरि पृथ्वीलाई क्षेत्रि विहिन गरेपछि भगवान बिष्णुको छैटौं अवतार मानिने पर्शुरामले सरयू अथवा श्यामा महाकाली नदीमा स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएको संस्कृतिविदको भनाई छ ।

महाकालको जटावाट निस्केको मन्दाकिनि महाकाली नदीमा स्नान गर्नाले गङ्गा स्नानको भन्दा दश गुणा वढी पुण्य प्राप्त हुन जाने, परशुराम तीर्थमा स्नान, तर्पण गर्नाले सय कुल विष्णु लोक जाने तीन लोकमा अति नै पवित्र तीर्थको रुपमा मानिने भएकाले यहाँ सुदूरपश्चिमका ९ जिल्ला लगायत भारतको उत्तराखंडका बिभिन्न स्थानबाट स्नान गर्ने भक्तजनहरु आउने गर्दछन ।

परशुरामका पिता जमदग्नीले तपस्या गरेको र परशुरामलाई चिरञ्जीविको वरदान दिईएको भगवान परशुरामले शिवजीको कठोर तपस्या पछि फर्सा (परशु) प्राप्त गरेको, भगवान परशुरामले आफ्नो फर्साले कुण्ड निर्माण गरेको फर्सा वरदान पाएको तीर्थ भएकाले तथा फर्सा बोकेका राम भगवान भएकाले फर्सा राम बाट फर्सनान हुँदै अप्रभंश भई पर्शुराम हुन गएको स्थानीय श्रुति पाईन्छ ।

धार्मिक साँस्कृतिक सामरिक सामाजिक र पर्यटकिय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रंगुन उपत्यकाको महत्वपूर्ण तिर्थस्थल परशुरामधाम स्वेदेशीहरुका लागी मात्र नभएर छिमेकी मुलुक भारतका तिर्थयात्रीहरुको लागी पनि प्रशिद्ध तिर्थस्थल हो । महाकाली गंगास्नानमा तीर्थयात्री भक्तजन मात्र नभई बिभिन्न देवस्थल र मन्दिर भण्डारबाट देवी देवताका प्रतिक मानिने देउरो स्नान गराई ग्रहण दोषबाट शुद्ध गराउने प्रचलन छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...