बझाङमा रुखबाट लडेर एक महिला घाइते

बझाङ- बझाङमा रुखबाट लडेर एक महिला घाइते भएकी छन् । जिल्लाको तल्कोट गाउँपालिका-४ स्याडाकी १८ वर्षीया रेजिना बुढा रुखबाट लडेर घाइते भएकी हुन् । सोमबार साँझ घरनजिकै बाजको रुखबाट स्याउला काट्ने क्रममा उनी लडेकी थिइन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । त्यस्तै बझाङमै एक महिलालाई गोरुले लात हान्दा घाइते भएकी छन् ।

जयपृथ्वी नगरपालिका-७ सुवेडाकी ४० वर्षीया शारदादेवी शार्की घाइते भएकि छन् । उनलाई सोमबार साँझ ५ बजे आफ्नै घरको गोठमा गोरु बाध्ने क्रममा गोरुले लात हानेर घाइते बनाएको थियो । उनको बाँया हात र कम्मरमा चोट लागेको र जिल्ला अस्पताल बझाङमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक व्यापकचन्द्र शाहले बताए ।

Loading...