डडेल्धुराको परशुराम नगरपालिकामा सुविधा सम्पन्न पुस्तकालय स्थापना हुँदै

RBB Bank Suvakamana
Purbadhar dadeldhura

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकामा सुविधा सम्पन्न पुस्तकालय बनाउने हाम्रो प्रतिबद्धता अनुरूप गरिएका बिभिन्न प्रयासहरुले सार्थकता पाउँदैै गएको छ । यसै क्रममा परशुराम नगरपालिका र सुदूरपश्चिम विश्वबिद्यालय बीचको सहकार्यमा त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा सुविधा सम्पन्न पुस्तकालय बनाउनका लागि डिपीआर तयार गरी करिब २ करोड रुपैया बराबरको टेन्डर समेत आवहान गरिएको छ ।

Malpot office dadeldhura

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत भित्रीमधेश परशुराम नगरपालिका क्षेत्रकै एक मात्र अग्रणी उच्च शिक्षा रुपमा रहको क्याम्पस त्रिवेणी बहुमुखी क्याम्पस हो । सोमबार परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले उक्त क्याम्पसमा उच्च शिक्षा हाँसिल गर्ने छात्रा र छात्र आवासमा फाईबर ईन्टरनेट जडान लागि सहयोग गरेका छन् । पालिकामा सुविधा सम्पन्न पुस्तकालय बनाउने नगर प्रमुख जोशीले गरेका प्रतिबद्धता अनुरूप बिभिन्न प्रयासहरुले सार्थकता पाइरहेका छन । परशुराम नगरपालिका र सुदूरपश्चिम विश्वविद्यालयको सयुक्त लगानी १ करोड ६० लाखमा ई पुस्तकालय भवन निर्माण योजना रहेको छ ।

त्यस्तै शैक्षिक गुणस्तर सुधार योजनामा १० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै फाईवर इन्टरनेट जडान, इसीओ ग्रिन गार्डन निर्माण योजना समेत रहेको नगर प्रमुख जोशीले जानकारी दिए । अझै यस्तै कामकार्य माग पहल सम्वोधनका साथ उच्च शिक्षा अध्ययनका दृष्टिकोण विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागि विशेष जोड दिदैं निरन्तर रूपमा खटिने नगर प्रमुख जोशीले प्रतिवद्धता व्यक्त गरे ।

साथै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई परशुराम नगरपालिका ले ५ लाख ऋण दिने तयारी गरिसकेको समेत बताए । नगर प्रमुख जोशीले परशुराम नगरपालिका भित्र रहेका सम्पर्ण विद्यालय शैक्षिक गुणस्तर सुधार लागि रातदिन नभनि केवल विद्यार्थीहरु भविष्य उज्वल बालबालिका प्रति शिक्षा विशेष जोड दिएको बताए । यस कार्यमा सहकार्य गर्ने सहयोग गर्ने क्यामपस प्रशासन एवम् त्रिवेणी बहुमुखी क्याम्पस स्ववियु टिम, क्याम्पसको हरेक समस्या समाधानका लागि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...