एमाले कैलालीका निर्वाचित पदाधिकारी र सदस्यले गरे शपथ ग्रहण

कैलाली- नेकपा एमाले कैलालीका निर्वाचित पदाधिकारी र सदस्यले गरे शपथ ग्रहण गरेका छन् । कैलालीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

धनगढी स्थित एमाले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रम जिल्ला कमिटीको अध्यक्षमा निर्वाचित यज्ञराज ढुङ्गाना सहितका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन् । एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्य हिरा चन्द्र केसीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले पदभार समेत ग्रहण गरे।

Navadurga sun

पदभार ग्रहण गर्दै ढुङ्गानाले एमालेभित्र नेतृत्व पङ्क्तिमा बस्ने नेताहरूले गुटबन्दी मौलाएको बताउँदै त्यसलाई अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् । अधिवेशनमा जुनसुकै समूहबाट निर्वाचित भएर आएपनि सबैलाई मिलाएर अघि लैजाने पक्षमा रहेको उनको भनाई थियो । घोडाघोडी नगरपालिकाको सुखडमा ६ फागुनमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट प्रतिद्धन्द्धी डेजी पाण्डेलाई ६९ मतले पराजीत गर्दै ढुंगाना अध्यक्षमा विजयी भएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...