कृष्ण कँडेल विरुद्ध यौन दुव्र्यवहार मुद्दा दायर

काठमाडौं- टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण प्रसाद कँडेल विरुद्ध यौन दुव्र्यवहारको आरोपमा मुद्दा दायर भएको छ । इन्द्रेणी कार्यक्रमकै पूर्वकलाकार शर्मिला श्रेष्ठले आइतबार कँडेल विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्र प्रकाश पन्थीले जानकारी दिए ।

कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको र यौन प्रस्ताव राखेको शर्मिलाको आरोप छ । एक साता अघि इन्द्रेणीबाट निष्काशनमा परेका शर्मिला लगायतका कलाकारहरुले कँडेल विरुद्ध विभिन्न आरोप लगाएका थिए । त्यसपछि कँडेलले गत शुक्रबार उनीसहित ६ जना विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।

Loading...