धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान गरिएको छ । भन्सार देखि मोहनपुरको ६ लेन सडक क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको हो। स्ट्रीप लाइट र विमानस्थल रोडमा जडान गरिएको स्ट्रीट लाइटको आइतवार साँझ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाले आफ्नो लगानीमा विमानस्थल सडकमा ५६ वटा सडक बत्ती जडान गरेको छ । यसैगरी ६ लेन सडकको २६५ पोलमा स्ट्रीप लाइट जडान गरिएको छ । ६ लेन सडकको १४० वटा ट्रीगार्डमा पनि स्ट्रीप लाइट जडान गरिएको छ ।

Malpot office dadeldhura

विमानस्थल सडकमा करिब १० लाखको लागतमा सडक बत्ती जडान गरिएको र ६ लेन सडकमा ३१ लाखको स्ट्रीप लाइट जडान गरिएको नगर उपप्रमुख कन्दकला कुमारी रानाले बताइन् । उनले करिब ३ लाख लागतमा भन्सारमा गेटमा फ्लोड लाइट जडान भएको बताइन् ।

स्ट्रीप लाइटको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले धनगढीलाई सुन्दर सहर बनाउन तीनै तहको सरकारको सहकार्यमा विकास निर्माणका काम भइरहेको बताए । उनले ६ लेन सडकमा जडान गरिएको स्ट्रीप लाइटले रात्रिकालिन सौन्दर्यलाई बढाउने बताए । स्ट्रीप लाइटको जडानले धनगढीको ६ लेन सडकको सुन्दरता बढाउने छ । प्रदेशको एक मात्र उपमहानगरलाई नमुना सहर बनाउन तीनै तहको सरकारले मिलेर काम गर्नुपर्छ, उनले भने, धनगढीको विकास निर्माणमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने छ ।

स्ट्रीप लाइट उद्घाटन कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, वडा अध्यक्ष र सदस्यहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह खाती, नगरपालिकाका कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो । स्ट्रीप लाइट जडान पश्चात ६ लेन सडकको सुन्दरता थप बढेको भन्दै सर्वसाधारणले खुशी व्यक्त गरेका छन् ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...