धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटनाः घाइते एकको मृत्यु

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । शनिवार धनगढीबाट पलिया जाँदै गरेको से ३ प २८१९ नम्बरको मोटरसाइकलाई गौरीफन्टा कोतवाली भन्दा झण्डै १५ किलोमिटर बीच जंगलमा अज्ञात गाडीले ठक्कर दिंदा दुर्घटना भएको थियो ।

Malpot office dadeldhura

भारतको दुधुवा नेसनल पार्क नजिक बिच जंगलमा भएको मोटरसाइकल दुर्घटनामा धनगढी २ जना घाइते भएका थिए । दुर्घटनामा घाइते मध्ये धनगढी उपमहानगरपालिका-१९ का ३३ वर्षीय राम कुमार चौधरीको मृत्यु भएको हो । दुर्घटनामा धनगढी उपमहानगरपालिका-१९ कै २२ वर्षीय अनिल कुमार चौधरी घाइते भएका छन् । चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

उनको पलियामा उपचार भइरहेको छ । भारतीय प्रहरीले दुर्घटनाको समय हेरेर ठक्कर दिने गाडी खोजी गरिरहेको नेपाल प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको बताइएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...