दृष्टि फाउन्डेसनलाई तरुणदल धनगढीद्धारा खाद्यान्न सहयोग

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- नेपाल तरुण दल धनगढी उपमहानगर समिती कैलालीले दृष्टि फाउन्डेसनमा खाद्य सामग्री सहयोग गरेका छन् । शनिवार धनगढी उपमहानगरपालीका वडा नम्बर १३ मा रहेको फाउन्डेसनमा खाद्य बस्तुको आवश्यकता लाई मध्यनजर राख्दै तरुण दल धनगढीले खाद्यान्न सहयोग गरेको हो ।

Malpot office dadeldhura

नेपाल तरुण दल धनगढी उप महानगर समिती कैलालीका उपाध्यक्ष नवीन रावलले चामल, तेल, बिष्कुट, चिउरा आदि लगायतको खाद्यान्न सहयोग गरिएको जानकारी दिए । उपाध्यक्ष रावलले सोही दिन फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको जन्मदिन परेकाले खाद्यान्न सहयोग गर्दै जन्मदिनको शुभकामना दिएको बताए । जन्मदिनको अवसरमा तरुण दलका युवाहरूले असहाय महिलाको अभिभावक भट्ट रहेको भन्दै धन्यवाद दिदै कार्य सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

दृष्टि फाउन्डेसन असहाय महिलालाई आश्रय दिएको सामाजिक संस्था हो । यस्तै दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले खाद्यान्न सहयोग गरेको भन्दै तरुण दल धनगढी उप महानगर समितीलाई धन्यवाद दिइन् । आफ्नो जन्मदिन मनाउँदै केही सहयोग गरेर जाने आइतबार मेरै जन्मदिन मनाएर खाद्यान्न सहयोग गरेकोमा खुसी हुँदै अध्यक्ष भट्टले तरुण दललाई धन्यवाद समेत दिइन् । अध्यक्ष भट्टले तरुण दलको राजनैतिक यात्रामा लम्किएका पाइलाहरुले सफलताको शुभकामना दिएकी छिन् । खाद्यान्न सहयोग कार्यक्रममा तरुण दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...