डडेल्धुराको परशुराम नगरपालिकाले विद्यार्थी ‘हेल्थ प्रोफाइल’ कार्यक्रमको शुरुवात गर्यो

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाले विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ कार्यक्रमको शुरुवात गरेको छ । परशुराम नगरपालिकाकाले विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण ‘हेल्थ प्रोफाइल’ बनाउने कार्यको सुरु गरेको हो ।

नगरपालिकाले विद्यार्थी “हेल्थ प्रोफाइल“ कार्यक्रमको शुरुवात श्री सिद्धनाथ मा. वि. जयपुर, जोगबुडा बाट गरेको छ । सो कार्यक्रम नगर भरी सञ्चालन गरिने मेयर भरत बडायर जोशीले बताए ।

यस बिद्यार्थी हेल्थ प्रोफाइल कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीको टिमले प्रत्येक विद्यार्थीको स्वास्थ्य जाँच गरी अनलाइन रिपोर्ट कार्ड समेत तयार गर्नेछन । स्वास्थ्य जाँच अन्तर्गत बिद्यार्थीको आँखा, कान, दाँत, उचाई तथा तौल, ब्यक्तिगत सरसफाई, पोषणको अवस्था, एन्थ्रोपोमेट्रि, क्लिनिकल हिस्ट्री लगायतका अन्य आवश्यक जाँच गरिने छन ।

हाम्रा बिद्यार्थी भाई बहिनीहरुलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ एबं बलियो बनाउनु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको मेयर जोशीले बताए । जोशीले सम्पूणर् परशुरामबासीको साथ, सहयोग, समर्थन तथा रचनात्मक सुझाव पाउनेमा आफु बिश्वस्त रहेको कुरा बताए ।

मेयर जोशीका अनुसार विद्यार्थीको स्वास्थ्य समस्याहरू पहिचान गर्दै सम्बोधन गर्ने उद्देश्यले विद्यार्थीहरुको स्वास्थ्य प्रोफाइल निर्माण गर्ने मुख्य उद्देश्य छ । सम्पूणर् विद्यार्थीको स्वास्थ्य परीक्षण भइसकेपछि परशुराम नगरपालिकाले अनलाइन मार्फत नै ती विद्यार्थीले आफ्नो स्वास्थ्य अवस्था हेर्न पाउने गरी प्रोफाइल तयार गरिने मेयर जोशीले बताए ।

Loading...