साउनदेखि एसआईएस प्रणालीबाट सरकारी कारोबारको हिसाब मिलान गरिने




काठमाडौं, ३० असार- सरकारी कारोबार गर्ने इजाजत पत्रप्राप्त ‘क’ वर्गको बैंकलाई कारोबारको हिसाब मिलान विवरण सुपरभाइजरी इन्र्फमेसन सिस्टम (एसआईएस) बाट गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।



आगामी साउन एक गतेबाट सो प्रणाली कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले बैंकहरुलाई भनेको छ । यसअघि राष्ट्र बैंकले यस्तो विवरण इमेलबाट प्राप्त गर्दै आएको थियो ।


एसआईएस प्रणाली पूणर्रुपमा कार्यान्वयन भैरहेकाले नयाँ आर्थिक वर्षदेखि सरकारी कारोबारमा अनिवार्य गरिएको केन्द्रीय बैंकले जनाएको छ ।



