कञ्चनपुरको कुतियाकवरमा सेनाले ‘सेफ हाउस’ निर्माण थाल्यो

कञ्चनपुर- नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण थालेको छ। उक्त ‘सेफ हाउस’ को बिहीवार एक कार्यक्रमबीच दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बू र श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरीले संयुक्त रुपमा शिलान्यास गरे।

नेपाल–भारत सीमावस्तीका रुपमा रहेको कुतियाकवर बर्सेनि वर्खामा जोगबुढा र महाकाली नदीको बाढीको उच्च जोखिमका रहने गरेकाले उक्त क्षेत्रका बासिन्दाको सहजताका लागि श्रीदल गुल्म भगतपुर ब्यारेकले ‘सेफ हाउस’ निर्माण थालेको गुल्मपति सेनानी ठकुरीले जानकारी दिए।

Navadurga sun

बर्षात्मा बाढी बस्तीमा पस्दा स्थानीय विस्थापित हुनेगरेकाले त्यसको रोकथामका लागि सेनाले दोधारा चादँनी नगरपालिकाको समेत सहयोगमा सेफ हाउस निर्माण कार्य अघि बढाएको नगरप्रमुख लिम्बूले बताए। यसबाट सैनिक र नागरिकबीचको सम्बन्ध थप सुमधुर हुने उनको भनाइ छ। कुतियाकवरमा ४२ परिवारको बसोबास रहेको छ। यसअघि बाढीबाट कटान र डुबानबाट दर्जनौ परिवार विस्थापित भइसकेका छन्। सेनाले बाढीका बेला आश्रय लिन मिल्ने उक्त दुईतले सेफ हाउस चालु आर्थिक वर्ष २०८०र८१ भित्र निर्माण गरिसक्ने लक्ष्य छ।

सेनाले कञ्चनपुरमा शिक्षा, स्वास्थ्य र खेलकुदका साथै सार्वजनिक सम्पतीको समेत संरक्षण एवं सम्बर्द्धन गर्दै आएको छ। दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले सेनाले निर्माण थालेको सेफ हाउस बनेपछि स्थानीयलाई बाढी र डुबानका बेला सुरक्षित भएर बस्न सकिने बताए। भवन निर्माणका लागि स्थानीयले जग्गा उपलब्ध गराएका हुन्। शिलान्यास कार्यक्रममा दोधारा चाँदनीका नगर प्रवक्ता ओम बस्नेत तथा स्थानीयको सहभागिता थियो । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...