कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी- कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुरमा इन्टरनेटको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको हो ।

Dadeldhura hospital

टीकापुर नगरपालिका-१ जमरा पारीमा इन्टरनेट सेवा प्रदायक कम्पनीको लापर्बाहीले करेन्ट लागेर एक होटेलमा काम गर्दै आएका बर्दियाका ३३ वर्षीय शैलेश भुलको मृत्यु भएको छ । उनलाई बुधवार बिहान करेन्ट लागेको र तुरुन्तै टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

इन्टरनेट सेवा प्रदायक कम्पनीले तारको व्यवस्थापन नगरेको र छरपस्ट रहेका तारका कारण करेन्ट लागेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै रहेको छ । घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Loading...