गोदावरीको स्याउलेमा शिवशक्ति कप फुटबल प्रतियोगिता सुरु, बाग युवा क्लब विजयी

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा तेस्रो शिवशक्ति कप फुटबल प्रतियोगिता सुरु भएको छ । शिवशक्ति युवा क्लबले आयोजना गरेको वडा स्तरीय खुल्ला शिवशक्ति कप फुटबल प्रतियोगिताको एक कार्यक्रमका बिच वडा नम्बर ८ का वडा सदस्य चन्द्र बिसीले प्रतियोगिताका मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका हुन् ।

Malpot office dadeldhura

मुख्य रेफ्रिको रुपमा म्याक्स चौधरी रहेको प्रतियोगितामा कैलालीका २२ ओटा टिमको सहभागिता रहेको छ । मंगलबार उद्घाटनमा पहिलो खेलमा बाग युवा क्लब अत्तरिया विजयी भएको छ ।

स्याउले स्थीत शिवशक्ति युवा क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा १ का विरुद्ध ६ गोल गर्दै बाग युवा क्लब विजयी भएको हो । प्रतियोगिताको मुख्य प्रर्वद्धकमा वडा नम्बर ८ रहेको छ । प्रतियोगिताका विजेताललाई नगद ५० हजार सहित, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा द्धितिय स्थान हाँसिल गर्ने टिमलाई २१ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको छ । स्याउले स्थीत शिवशक्ति युवा क्लबको खेल मैदानमा जारी उक्त प्रतियोगिताको फाइनल खेल फाल्गुन २१ गते दिउँसो २ बजे हुनेछ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...