कैलालीको विभिन्न स्थानबाट एकै दिन ४ जना युवक पक्राउ

धनगढी- कैलालीको विभिन्न स्थानबाट एकै दिन ४ जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-६ मट्यारीबाट १५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने २० वर्षीय राघब चौधरीलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले खैरो हेरोईनसहित चौधरीलाई फेला पारी पक्राउ गरेको जनाएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

त्यस्तै गोदावरी नगरपालिका-८ स्याउले भित्री सडक खण्डबाट ४१० मिलिग्राम खैरो हेरोईनसहित धनगढी उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय दानबहादुर राना बिहीवार साँझ पक्राउ परेका छन्। रानालाई अस्थाई प्रहरी पोष्ट श्रीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ।

Navadurga sun

उता टीकापुर नगरपालिका-१ जमरापारी टीकापुर बहुमुखी क्याम्पस नजिक सडक खण्डबाट १ ग्राम ५९० मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २० वर्षीय सागर चौधरी र टीकापुर-९ बस्ने ३२ वर्षीय राजकुमार चौधरी पनि बिहीवार साँझ पक्राउ परेका छन्। यी दुबै जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय टीकापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका चारै जना माथि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...