बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

बझाङ- बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

तल्कोट १ का सुस्मिता कठायतलाई बेहोस अवस्थामा जिल्ला अस्पताल पु¥याइएको र अस्पतालले उनको मृत्यु घोषणा गरेको छ भने चालक तल्कोट ३ का राजेश कडाल र सहचालक मष्टा ५ का कमल कठायतको अवस्था हाल मध्यम रहेको बताइएको छ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक भरतबहादुर शाहका अनुसार तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप बिहिवार साझ अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो। दुर्घटनामा घाइते भएकाहरु दुबै जनाको उपचार जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...