कैलालीको सैनिक आवासीय महाविद्यालयको १३ औँ वार्षिकोत्सव सम्पन्न

धनगढी- कैलालीको तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालयको १३ औँ वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । तेघरीस्थित महाविद्यालय परिसरमा आयोजना गरिएको औपचारिक समारोहका बीच १३ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

महाविद्यालयका प्रिन्सिपल सिद्धेश्वर पन्तको अध्यक्षता तथा सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी ब्यारेकका पृतनापति तथा उपरथी गणेश कुमार श्रेष्ठको प्रमुख आथित्यतामा वार्षिकोत्सब सम्पन्न भएको हो ।

Navadurga sun

महाविद्यालयका प्रमुख सेनानी आयुष बिक्रम राणाले स्वागत मन्तव्य राख्दै विद्यालयको विकासमा भूमिका खेल्ने अभिभावक, शिक्षाप्रेमी तथा सैनिक अधिकृतलाई धन्यवाद दिदै अगामी दिनमा समेत सबैको साथ, सहयोग रहने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि पृतनापति श्रेष्ठले पनि १३ औँ अभिभावक दिवसको शुभकामना दिदै बहुजन हिताय बहुजन सुखाय भन्ने आर्दशलाई आत्मसाथ गर्दै सैनिक कल्याणकारी कोषले सञ्चालन विद्यालयले विद्यार्थीलाई समय सापेक्ष शिक्षा प्रदान गरेर उनीहरुको सुन्द भविष्य निर्माणमा अहम भूमिका रहेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...