भत्कियो सेती लोकमार्गअन्तर्गत निर्माणधीन पक्की पुल

Dadeldhura hospital

अछाम : अछामको साँफेमा सेती लोकमार्ग अन्तर्गत निर्माण भइरहेको पक्की पुल भत्किएको छ । दुई दिनदेखिको लगातार वर्षाका कारण लुंग्रेलीगाडमा पानीको बहाव बढेपछि निर्माण हुन लागेको पुल भत्किएको हो । २०७७ चैत्र २० मा निर्माण सम्पन्न गर्नेगरी २०७५ असार २१ गते जिल्लास्थित स्वाँर कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो ।

कन्स्ट्रक्सनले ४ करोड १६ लाख ७४ हजार ५ सय ७२ मूल्य अभिवृद्धि करसहितको लागतमा पुल निर्माणको जिम्मा पाएको थियो । तोकिएको समयमा काम सम्पन्न हुन नसकेको पुल अहिले बाढीले गर्दा भत्किएको हो । भत्किएको पुल प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ मन्दिर नजिकै पर्छ । जुन पुलले वैद्यनाथ पुललाई पनि जोड्छ ।

Loading...