भजनी महोत्सव सुरु

धनगढी- कैलालीको भजनी नगरपालिकामा ‘कला साहित्य कृषि र व्यापार हाम्रो पहिचान, भजनी क्षेत्रको सर्वाङ्गिण विकास हाम्रो अभियान’ भन्ने मूूल नाराका साथ भजनी महोत्सव सुरु भएको छ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले महोत्सवको आज ( शुक्रवार) उद्धाटन गरेका हुन्। मन्त्री देउवाले स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने बताएका छन्। महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले यस्तो बताएका हुन्। उनले महोत्सवले ठाउँ अनुसारको कला र संस्कृतिको जगेर्ना गर्ने र स्थानीयको उत्पादनलाई बजारसँग जोडने प्रयास भईरहेको बताए। उनले अहिलेको युग भनेको विकासको युग रहेकाले जनताको चाहना अनुसार सरकार चल्ने बताए।

godawari10 Mahila hinsa
Navadurga sun

आजबाट सुरु भएको महोत्सव फागुन ८ गते सम्म संचालन हुने आयोजक भजनी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमराज जोशीले बताए। आयोजकले प्रमुख अतिथि एवं भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवालाई भजनी क्षेत्रका विकास निर्माणका ३ सुत्रीय मागपत्र समेत बुझाएको छ।

Loading...