टीकापुरबाट लागूऔषध सहित एक युवक पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीको टीकापुरबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन्। टीकापुर नगरपालिका-९ स्थित खक्रौला सडक खण्डबाट नेटराभेट १० लेखेको अबैध लागूऔषध १४ ट्याबलेटसहित टीकापुर नगरपालिका-८ बस्ने ३० वर्षीय अजय साँउद बिहीवार साँझ पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले साँउदको साथबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...