धनगढीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी- कैलालीको धनगढीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१८ “ई” गाँउ स्थित सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाईकल ठोक्किदा चालक कैलारी गाँउपालिका–३ दक्षिण भरडीका २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो। बिहीवार साँझ भएको दुर्घटनामा गम्भिर घाईते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...