कैलालीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु

धनगढी- धनगढीमा १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको छ । कैलाली जिल्ला स्तरिय प्रतियोगिता आज (बिहीबार) बाट शुरु भएको हो ।

धनगढी रगंशालामा शुरु भएको रनिङ सिल्ड प्रतियोगिताको प्रदेशका सभामुख भिम बहादुर भण्डारीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै सभामुख भण्डारीले पछिल्लो समय खेल क्षेत्र निकै जुर्मुराउन खोजिरहेको बताए । अन्य क्षेत्र भन्दा पछिल्लो समय खेल क्षेत्र चलायमान बन्दै छ सभामुख भण्डारीले भने “जुर्मुराई रहेको खेलकै कारण हाम्रो प्रदेश देश बिदेशमा चिनिन सफल भएको छ, यही खेलले हाम्रो पहिचान बनाइरहेको छ, खेलको बिकास र खेलाडीहरुको बिकासका लागी म सभामुखको नाताले प्रदेश सरकारलाई घचघच्याउने तथा आग्रह गर्ने काम गर्छु, सक्दो सरकारले खेलको बिकासमा सहयोग गर्नुपर्छ ।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कैलालीका १३ वटा स्थानिय तहबाट छनौट भएर आएका खेलाडीहरु जिल्ला स्तरिय रनिङ सिल्ड प्रतियोगितामा सहभागी छन् । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष ललित खत्रीका अनुसार अफिसियल सहित एक पालिकाबाट ९० जना खेलाडी जिल्ला स्तरिय रनिङ सिल्ड प्रतियोगितामा सहभागी छन् । ३ दिन सम्म चल्ने रनिङ सिल्ड प्रतियोगितामा कराँते, उशु, तेक्वान्दो, भलिवल, एथलेटिक्स र कबड्डी खेल हुने खत्रीले बताए । यस प्रतियोगिताबाट प्रदेश स्तरिय रनिङ सिल्ड प्रतियोगिताका लागी खेलाडीहरु छनौट हुने छन् ।

उद्घाटन सत्रलाई समापन गर्दै जिल्ला खेलकुद बिकास समिति कैलालीका अध्यक्ष ललित खत्रीले राष्ट्रपति रनिङ सिल्ड सिल्डका लागी बजेट अपुग भएको गुनासो गरे । कैलाली जस्तो जिल्लामा सबै खेल हुन्छन्, पहाडी जिल्ला र कैलालीमा फरक छ भनेर बुझिदिनु पर्ने हो तर खेलकुद परिषदले हामीलाई राष्ट्रपति रनिङ सिल्ड आयोजना गर्न साढे ३ लाख बजेट दिनुभाछ, उनले भने “हाम्रो यो प्रतियोगितामा निर्णायकहरुका लागी मात्रै कबिर पौने ३ लाख खर्च आउँदैछ अनी कहाँबाट त्यो बजेटले पुग्छ, बजेट नभएका कारण प्रतियोगिता सार्नेकी भन्ने थियो, सारे नराम्रो प्रभाव पर्ने भएकाले समयमै प्रतियोगिता गरेका हौँ तर हामीसंग यो प्रतियोगिता सम्पन्न गर्न बजेट पुग्दैन, हामी प्रदेश सरकारलाई पटब, पटब गुहारी रहेका छौँ, हालत यस्तो छ, निणर्य गर्ने तहमा बसेकाहरुले बुझिदिनु होला ।”

कार्यक्रममा घोडाघोडी नगरपालिकाका मेयर खडक रावत, मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी लगायतको सहभागिता थियो ।

Loading...