कैलालीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा ४ जना घाइते

अत्तरिया- कैलालीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा ४ जना घाइते भएका छन् । कैलालीको सुख्खड स्थीत घोडाघोडी नगरपालिका ४ मा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Bhancha ghar0

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको घोडाघोडी नगरपालिका-१ का २९ वर्षीय प्रकाश बिनाडीले चलाएको से ७ प ४२१९ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको घोडाघोडी नगरपालिका-१० का ३१ वर्षीय दिपेन्द्र कठायतले चलाएको प्रदेश ०३०२०-१२ प ५६३६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते हुनेमा दुबै मोटरसाइकल चालक र प्रकाशको पछाडी सवार ४० वर्षीया राधिका पाण्डे घाइते भएकी छिन् । यस्तै दिपेन्द्रको पछाडी सवार २८ वर्षीय असोक सुनार घाइते भएका छन् । घाइते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...