डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते

Bhancha ghar0

डडेल्धुरा- डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । डडेल्धुराको स्याउलेमा बुधवार राति बाजुराबाट नेपालगञ्ज तर्फ गइरहेको ना ६ ख ५४५० नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घाइते मध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको बताएको छ । घाइतेहरुको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको छ । प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नाली तर्फ लग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए ।

Loading...