बैतडी समाज कैलालीले १२ औं पटक रक्तदान महोत्सवको आयोजना गर्दै

धनगढी- बैतडी समाज कैलालीले आफ्नो स्थापना दिवशको अवसरका बृहत रक्तदान महोत्सव गर्ने भएको छ । २०८० सालको फागुन ४ गते कैलालीको धनगढीमा १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिने रक्तदान संयोजक राज बहादुर चन्दले बताए ।

Dadeldhura hospital

बैतडी समाज कैलालीले हरेक वर्ष २ पटक रक्तदान महोत्सवको आयोजना गर्दै आएको छ । स्थापना काल देखि अहिलेसम्म समाजले ११ पटक रक्तदान कार्यक्रम सम्पन्न गर्दा १०२३ जना स्वंयमसेवी रक्तदाताहरुले रक्तदान गरिसकेको संयोजक चन्दले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

उक्त रक्तदान कार्यक्रममा पनि धनगढीमा रहनु हुने सम्पुणर् स्वयमसेवि रक्तदाताहरुलाई रक्तदान कार्यक्रममा उपस्थित भई सदा झै रक्तदान गरि कार्यक्रम सफल तुल्याउन बैतडी समाज कैलालीका रक्तदान कार्यक्रम संयोजक चन्दले अनुरोध गरेका छन् ।

बैतडी समाज कैलालीले हरेक वर्ष बैतडी जिल्लामा एउटा निशुल्क स्वास्थ्य शिविर र दुुई पटक रक्तदान महोत्सवको आयोजना गर्दै आएको छ । उक्त दिन बैतडी समाज कैलालीको ५औं सधारण सभा पनि आयोजना हुने जनाइएको छ ।

Loading...