धनगढी- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डाक्टर महावीर पुन पर्सि अर्थात बिहीवार धनगढी आउने भएका छन् । मंगलबार र बिहीबार कञ्चनपुरका विभिन्न क्षेत्रमा पुगेर किताब बिक्री गर्ने योजना रहेको डाक्टर पुनले बताएका छन् ।
उनी आफ्नो आत्मकथामा आधारित पुस्तक ‘महावीर पुन’ बिक्री गर्ने क्रममा मंगलबार दोधरा चाँदनीमा छन् । यस अघि बैतडीबाट महेन्द्रनगर जाने क्रममा माघ २१ गते महावीर पुनले अत्तरियामा केही समय किताब बिक्री गरेका थिए । इलामबाट मध्य पहाडी राजमार्ग हुँदै बैतडीबाट महेन्द्रनगर आएका डाक्टर पुन आफूले लेखेको पुस्तक महावीर पुनको बिक्रीका लागि देश दौडाहा छन् ।
आत्माकथा आधारित पुस्तक बिक्रीबाट आउने रकम बिरगंजमा रहेको कृषि कारखानालाई सहयोग गर्ने घोषणा गरेका पुनले कैलालीमा तीन दिनसम्म पुनको हातबाट पुस्तक खरिद गर्न पाउने छन् । धनगढी लगायत कैलालीमा तीन दिन बस्ने योजना रहेको पुनले बताएका छन् । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि पूर्वपश्चिम महाअभियानमा निस्किएका पुनले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने पुस्तक बिक्री गर्न लागेको बताएका छन ।