नगर प्रमुख ओझाले महिलाको उद्धार गरि धनगढीको दृष्टि फाउन्डेसनमा पुर्‍याए

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले मानसिक अवस्था गुमाएर विगत लामो समय देखि असामान्य व्यवहार देखाइ रहेकी अन्दाजी ३० वर्षीय महिला अन्जु बोहरालाई उद्धार गरि धनगढीमा रहेको दृष्टि फाउन्डेसनमा पुर्‍याएका छन् ।

कृष्णपुर नगरपालिका वडा नं. ३ बस्ने समाजसेवी धना जोशीले नगर प्रमुख ओझालाई खबर गरेपछि ओझाले नगरपालिकाकै गाडिमा राखेर वडा नं.३ बाट उद्धार गरि धनगढीको दृष्टि फाउन्डेसनमा सकुशल पुर्‍याएका हुन् ।

Navadurga sun

नगर प्रमुख ओझाले बोहरालाई अस्पतालमा आवश्यक चेकजाँच र उपचारमा आफुले सहयोग गर्ने बताउँदै भोलीबाट उनको धनगढीको निसर्ग अस्पतालमा उपचार शुरु हुने समेत बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...