चैतन्य पाठशालामा एक हप्ता सम्म सञ्चालित चैतन्य स्ट्रिम वर्कसप कार्यक्रम सम्पन्न

धनगढी- धनगढी वडा नम्बर-५ शिवनगरस्थीत चैतन्य पाठशालामा एक हप्ता सम्म सञ्चालन भएको चैतन्य स्ट्रिम वर्कसप कार्यक्रम आज सम्पन्न भएको छ । चैतन्य स्ट्रिम वर्कसप कार्यक्रम चैतन्य पाठशाला साइन्स र रोवोटिस विभागका विद्यार्थीहरुको आयोजनामा माघ १६ देखी आज २२ गतेसम्म सञ्चालन भएको हो ।

धनगढीका विभिन्न १२ विद्यालय सहभागी बिद्यालयका बिद्यार्थीहरुले एक हप्तासम्म सञ्चालीत स्ट्रिम वर्कसप कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान, खगोल विज्ञान, रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादु, रोमाञ्चक पुरस्कार सँग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी (टेलिस्कोप, थ्रिडी प्रिन्टर, रकेट) प्रदर्शन गरेर देखाएका थिए । साथै सोमबार कार्यक्रमको समापनका दिन महत्वपूर्ण आकर्षणको रूपमा रिमोट कन्ट्रोलबाट बिद्यार्थीहरुबाट प्लेन पनि उडाएका थिए । सहभागि भएका १२ ओटा बिद्यालयका बिद्यार्थीहरुलाई ओरिन्टेसन गरेको प्रमाण पत्र समेत चैतन्य पाठशालाले प्रदान गरेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कार्यक्रम समापन समारोहमा बोल्दै चैतन्य पाठशालाका प्रधान्याध्यापक कटक सिँहले बिद्यार्थीलाई शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता बिद्यार्थीहरुमा जागृति गराउने र दक्ष, क्षमता वान,अब्बल विद्यार्थी उत्पादन गर्ने यो अरिन्टेटन ७ दिनको मात्र नभएर अब निरन्तर चलिरहने बताए । पाठशालाले भबिश्यको बैज्ञानिकको रुपमा राष्ट्रिय रुपमा बैज्ञानिक उत्पादन गरिने उदेश्य रहेको उनको भनाई छ । बिद्यार्थीको बिकास गर्ने स्टीम कार्यक्रम बाल्य अवस्था देखी सुरु गरिएकोमा भविश्यमा सहयोग पुग्ने अपेक्षा रहेको कार्यक्रमका प्रमुख अथिति सु.प विश्वबिद्यालय अन्तरगत कैलाली बहुमखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा चैतन्य पाठशालाका प्रमुख सल्लाकार प्रा.डा. हेमराज पन्तले बताए ।

चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले विद्यार्थीहरुलाई शिक्षा संस्कारसँगै जीवन उपयोगी शिक्षा र अहिलेको विश्व व्यापी शिक्षा विकसित वैज्ञानिक विकास र अनुभव अन्वेषणलाई जोडेर असल र जिम्मेवार विद्यार्थीको निर्माणमा जुटेको बताए । सुदूरपश्चिममै पहिलो पटक विद्यालय स्तरमा सप्ताह ब्यापीरुपमा आयोजना भइरहेको भन्दै भविष्यको वैज्ञानिकको रूपमा राष्ट्रिय रूपमा वैज्ञानिक उत्पादन गरिने उद्देश्य रहेको बताए ।

बिद्यार्थीलाई पाठ्यपुस्तक बाहेक ब्यवहारिक ज्ञान दिन आवश्यक रहेको बिद्यार्थीको रुचि र भबिस्यमा गरीखान सक्ने शिक्षालाई आत्मसाथ प्रदान गरिएको जोड दिए । कार्यक्रममा पाठशालाका प्राधानाध्यापक कटक बहादुर सिहँ, शिक्षक, अभिभावक, पत्रकार, बिद्यार्थी बैज्ञानीक, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण सहायक प्राधानाध्यापक रमेश छेडालले गरेका थिए । भने कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिन्दास बमले गरेका थिए ।

Loading...