Satyawati
Division ban Pahalmanpur

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सञ्चार जगतको उल्लेखनीय भूमिका : पूर्व मुख्यमन्त्री रावल

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री रोजेन्द्र रावलले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सञ्चार जगतको उल्लेखनीय भूमिका भएको बताएका छन् । एमालेका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका रावलले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मिसन पत्रकारिता मार्फत पत्रकारले गरेको योगदान स्मरणीय भएको उल्लेख गरे ।

प्रेस चौतारीको २६ औँ स्थापना दिवसको अवसरमा कैलाली शाखाले धनगढीमा आयोजना गरेको मैत्रीपूणर् फुटसल तथा चियापान कार्यक्रमको समापन गर्दै रावलले २०४६ र २०६२/०६३ को जनआन्दोलनमा राजनीतिक दल भन्दा पहिले नै सडकमा उत्रिएर पत्रकारले गरेको योगदान प्रसंशनीय भएको बताए ।

Malpot office dadeldhura

‘नेपालमा पत्रकारले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मिसन पत्रकारिता मार्फत गरेको योगदान स्मरणीय छ । २०४६ साल वा २०६२/०६३ को जनआन्दोलन नै किन नहोस्,’ रावलले भने, ‘तपाईहरुले राजनीतिक दल भन्दा सडकमा उत्रिएरमा खेलेको भूमिका इतिहासमा लेखिएको छ ।’

उनले ठूलो संघर्ष र बलिदानबाट आएको लोकतान्त्रिक गणतन्त्र माथि प्रश्न उठाउने काम भइरहेको बताउँदै पत्रकारले अब व्यवस्था माथि भइरहेका गतिविधि विरुद्ध कलम चलाएर खबरदारी गर्न जरुरी भएको बताए । पत्रकारका लागि बढ्दो सूचना, प्रविधीर गलत सूचना प्रवाह जस्ता कुरा चुनौतीपूणर् बन्दै गइरहेकाले प्रविधिसँगै दक्षता, क्षमता बृद्धि गर्नमा ध्यानज दिन जरुरी रहेको उनको भनाई थियो ।

पत्रकारको क्षमता, दक्षता अभिवृद्धि गर्न प्रदेश सरकार र स्थानीय सरकारले समेत प्रोत्साहन मुलक कार्यक्रम ल्याउन आवश्यक रहेको उनी बताउँछन्। प्रेस चौतारी नेपालमा आवद्ध पत्रकार सैद्धान्तिक रुपमा एमाले निकट भएपनि नेपालमा व्यवसायिक पत्रकारिता गर्ने शक्ति भएको समेत रावलले बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...