सहिद गोबिन्दका परिवारलाई चलचित्र काँडेतारको टिमद्वारा आर्थिक सहयोग

कञ्चनपुर- नेपाली राष्ट्रियतावादी चलचित्र काँडेतारको टीमले सहिद गोबिन्दका परिवारलाई आर्थिक सहयोग गरेको छ । शनिवार धनगढीको एसटिएस सिनेमा हलमा प्रर्दशन गरिएको चलचित्र काँडेतारको च्यारिटी शोबाट संकलित रकम चलचित्र निर्माण टीमले आइतवार गौतमका बुवालाई हस्तान्तरण गरेको हो ।

Bhancha ghar0

कञ्चनपुरको पुनर्वासमा सिमा विवादमा परी वीरगति प्राप्त गरेका सहिद गोबिन्द गौतमका बुवा खेमलाल गौतमलाई हस्तान्तरण गरेको हो । भारतसँग सिमा जोडिएको पुनरवास क्षेत्रमा झडप हुँदा भारतीय पक्षको गोली लागेर गोबिन्द गौतमले वि.सं.२०७३ फाल्गुन २६ गते झडपका क्रममा वीरगति प्राप्त गरेका थिए ।

परिवारको आर्थिक अवस्था नाजुक भएको र गोबिन्दको सम्मान स्वरुप ५० हजार रकम घरमै गएर हस्तानतरण गरिएको चलचित्र काँडेतारका निर्माता निर्देशक तथा कलाकार नवल खड्काले बताए । चलचित्र काँडेतार आउँदो फागुन २५ गते देशभर प्रदर्शन हुँदैछ । नायक तथा निर्देशक खड्काले राष्ट्र र राष्टियताको भावना बोकेको काँडेतार चलचित्र फागुन २५ गते सबैले हेर्न आग्रह गरेका छन् । च्यारीटी शो बाट उठेको रकम सिमानामा मारिएका सहिद गोबिन्द गौतमको परिवारलाई सहयोग गरिने बताएका थिए ।

Loading...