सुदूरपश्चिमलाई ओलीले दिलाए पहिलो स्वर्ण पदक

धनगढी- सुदूरपश्चिम प्रदेशले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ । कमल ओलीले कुमुते पुरुष ७५ केजीमा पहिलो स्थान प्राप्त गर्दै सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक दिलाएका हुन् ।

गब्बरको नामले परिचित कमलले सातदोबाटोमा स्थिति कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार बागमती प्रदेशका साहिल नेपाली ५/४ स्कोरले हराउँदै स्वर्ण पदक जितेका हुन् ।

यो तौल समूहमा प्रदेशका खेलाडीले मात्र पदक जितेका छन् । विभागीय टोली नेपाल पुलिस क्लबका खेलाडी पहिलो चरणमा तथा नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडी क्वाटरफाइनलमा पराजित भएका थिए । धनगढीको एसपीए कलेजमा अध्ययनरत कमलले यस अघि मलेसियामा भएको पाँचौ गोजुरियो कराँते विश्व च्याम्पियन सीपमा समेत रजत पदक जितेका थिए । एसपीए कलेजले रजत जयन्तीका अवसरमा गतवर्ष कमललाई नगद सहित सम्मान गरेको थियो ।

Loading...