कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थित रानीतालमा सरसफाइ

कञ्चनपुर- विश्व सिमसार दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थित रानीतालमा सरसफाइ गरिएको छ । मानव जगत र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण गर्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र मध्यवर्ती क्षेत्रलगायतका सङ्घसंस्थाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानीतालमा सरसफाइ गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

Dadeldhura hospital

नेपालको पाँच प्रतिशत भू-भाग सिमसारले ढाकिएको बताए । उनले कतिपय समुदाय र वन्यजन्तु सिमसार क्षेत्रमै आश्रित भएको उनले बताए । पछिल्लो सयम सिमसार क्षेत्रहरू संरक्षणको अभावमा मासिँदै गएकाले निकुञ्ज कार्यालयले सिमसार क्षेत्रको संरक्षणमा जोड दिएको उनको भनाइ थियो । सिमसार क्षेत्रमा असंख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्वपूर्ण बासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन् ।

godawari10 Mahila hinsa
Navadurga sun

राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका प्रमुख लक्ष्मी जोशीले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलव्धता भएकाले सिमसारको महत्वपूणर् योगदान रहेको बताए । सिमसारले तल्लो तटीय भू-भागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् । प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यसलाई मान्छेको फोक्सो जस्तै भएको उनले बताए । पानीमा आउने जलकुम्भी सिमसार क्षेत्रहरू ओगट्ने गरेका कारण निकुञ्ज भित्र रहेका ताल पुरिँदै गएका छन् ।

Loading...