कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो ।

Bhancha ghar0

बुधवार बिहान अस्थायी प्रहरी पोस्ट आईबीआरडीको नजिक करेन्ट लागेर पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनाका ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको हो ।

काम भईरहेको क्षेत्रको ट्रान्सफर्मरबाट ठेकेदार कम्पनीका कर्मचारीले विद्युत कटौती गरि काम सुरु गरेका थिए । तर केहि समयपछि एक्कासि विद्युत सुचारु हुँदा उनी पोलबाट खसेका हुन । घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको विद्युत वितरण केन्द्र बेलौरीले जनाएको छ ।

सो क्षेत्रमा पूर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल विद्युत प्राधिकरणबाट ठेक्का लिई लाईन स्तरवृद्धिको काम गरिरहेको छ ।

Loading...