धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी- धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलवार साँझ धनगढी उपमहानगरपालिका-६ जाली स्थित बासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएको थियो ।

दुर्घटनामा परेर स्कुटर पछाडि सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा गम्भिर घाइते उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले जानकारी दिए ।

स्कुटर र चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का २५ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...