सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहविरुद्ध अख्तियारमा उजुरी

धनगढी- सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा सुदूरपश्चिमका अधिकांश स्थानीय तह विरुद्ध भ्रष्टाचारका उजुरी परेका हुन्।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

चालु आर्थिक वर्षको हालसम्म अख्तियारको कार्यालयमा स्थानीय तहसँग सम्बन्धित ६ सय ५२ वटा उजुरी दर्ता भएका छन्। अधिकांश उजुरी पूर्वाधार निर्माणसँग सम्बन्धित छन्।

डडेल्धुराको अमरगढी नगरपालिकामा विकास निर्माणदेखि खरिद प्रक्रियासम्ममा भ्रष्टाचार भएको भन्दै एक वर्षभित्रै अख्तियारमा २७ वटा उजुरी परेका छन्। कर्मचारी भर्ना अपारदर्शी भएको र सामान खरिद गर्दा बढी मूल्यको बिल बनाएर भ्रष्टाचार गरेको आरोप उजुरीकर्ताले लगाएका छन्। अमरगढीमा मात्र नभएर डडेल्धुराका ७ वटै स्थानीय तहविरुद्ध अख्तियारमा उजुरी छन्।

स्थानीय तहहरुमा अनियमिताको आरोपसँगै अख्तियारमा उजुरी पर्ने क्रम बढेको हो। अख्तियारको महेन्द्रनगर कार्यालयमा गत साउन यता मात्रै ६ सय ५२ वटा उजुरी दर्ता भएका छन्। गत आर्थिक वर्षमा एक हजार २ सय ७३ उजुरी परेका थिए। अघिल्लो आर्थिक वर्षबाट सरेर आएका ६ सय ७९ सहित गत आर्थिक वर्षमा एक हजार ९५२ उजुरी थिए। तीमध्ये १ हजार २ सय ३५ वटाको टुंगो लागेको छ।

बाँकी ७ सय १७ वटा यो आर्थिक वर्षका लागि सारिएका छन्। स्थानीय तहविरुद्ध परेका अधिकांश उजुरी पूर्वाधार निर्माणसँग सम्बन्धित रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी बसन्तबहादुर शाही बताए। महालेखा परीक्षकको ६० औं प्रतिवेदनले समेत सबैभन्दा बढी बेरुजु स्थानीय तहमै रहेको देखाएको छ।

Loading...