जेसिआई अत्तरियाद्वारा १२औं पद स्थापना सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना

अत्तरिया जेसिजको २०२४ का नवनिर्वाचित पदाधिकारीहरुद्वारा सफथ ग्रहण

अत्तरिया- जेसिआई अत्तरियाद्वारा १२औं पदस्थापना तथा सम्मान वितरण कार्यक्रम आयोजना गरिएको छ । विभिन्न क्षेत्रमा रहेका युवाहरु एकजुट भएर युवाहरुको नेतृत्व विकास गर्नको लागि तथा सामाजिक क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको संस्था गोदावरी नगरपालिका स्थित जेसिआई अत्तरियाले शनिबार आफ्नो १२औं पदस्थापना सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको हो ।

Ganyapdhura gau

समारोहमा अत्तरिया जेसिआईको १२ औं साधारणसभा बाट निर्विरोध नव निर्वाचित २०२४ का नयाँ पदाधिकारीहरूलाई सपथ ग्रहण संगै पदभार ग्रहण गराइएको हो ।

Navadurga sun

२०२३ का अध्यक्ष मान बहादुर ऐरले २०२४ नव निर्वाचित अध्यक्ष प्रकाश मल्ललाई सपथ ग्रहण गराएका हुन् ।

Video : 

त्यस लगतै जेसिआई २०२४ का अध्यक्ष प्रकाश मल्लले पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए । त्यस्तै महासचिवमा बम बहादुर बोगटी र कोषाध्यक्षमा अनिश सिंहलाई मनोनीत गरेका छन् । कार्यकारिणी उपाध्यक्षमा शंकर सांउद र जेसन मडै निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा भुवन केसी, जेसी कल्पना भट्ट, शेर एर र रबि भट्ट निर्वाचित भएका छन् । त्यस्तै कानुनी सल्लाहकारमा जेसी प्रदिप खड्कालाई मनोनित गरिएको छ ।

Video :

जेसिआईका अध्यक्ष मान बहादुर ऐरको सभाअध्यक्षमा आयोजित कार्यक्रमको प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश वहादुर बम रहनु भएको थिए ।

Dadhaldhura pur

त्यस्तै विशिष्ठ अतिथिमा कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा, प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्ष पुष्पराज जोशी रहनु भएको थियो ।

कार्यक्रममा बोल्नु हुँदै माननिय प्रकाश बहादुर बमले जेसिआई नव निर्वाचित पदाधिकारीहरुलाई यात्रा जतिनै कठिन किन नहोस आफ्ना विश्वास र इमान्दारीका साथ आफ्नो कर्तव्य पूरा गर्छौ भन्ने अठोटका साथ हिड्यो भने अवश्यनै सफल भइन्छ भनेर बताए ।

उनले पदाधिकारीहरुले आफ्नो १ वर्ष कार्यकालमा सामाजिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न निम्ति प्रतिबद्धता साथ कार्य गर्न आवश्यक रहेको बताए । उनले संस्थाले गरेका युवाहरुको नेतृत्व विकास लगायत विभिन्न समाज परिवर्तन निमित कार्यहरूमा आफ्नो तर्फबाट गर्न सकिने सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

त्यस्तै विशिष्ठ अतिथि कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले जेसिआई व्यक्तिहरूको नेतृत्व विकासको लागि एकदमै महत्वपुणर् संस्था रहेको बताए । उनले मानिसको बृद्धि बिकासकाको लागि जेसीज महत्वपूर्ण संस्था भएको बताए । २०२४ मा कृष्णपुर नगरपालिका पनि अत्तरिया जेसिज सँग सहकार्य गरी सक्रियता भई कार्य गर्ने बताए ।

त्यस्तै २०२३ का अध्यक्ष मान बहादुर ऐरले फुलवारी जेसिज धनगढी जेसिज र अत्तरिया जेसिज मिलेर मल्टी च्याप्टर तालिम ल्याएको थियौं । ‘सबैभन्दा बढी कार्यक्रम गर्नेमा सुदूरपश्चिममा हाम्रो संस्था दोस्रो स्थानमा रहेको थियो ।’ उनले भने, ‘अत्तरिया जेसिजको सहभागिता १५ वटा किसिम कार्यक्रममा २०२३ मा सहभागि भएकोमा अत्तरिया जेसिजले २ वटा नेशनल अवार्ड जितेको थियो ।’ त्यस्तै अत्तरिया जेसिजले अरु विभिन्न कार्यक्रमहरु पनि गरेको थियो । जेसिजले युवा मात्र नभएर समाज पनि हाक्ने उनले बताए ।

त्यस्तै बर्ष २०२४ का अध्यक्ष प्रकाश मल्लले आफु २०१७ देखि यसमा लागेको बताउँदै आफुले सानो कुराहरु सिक्दै सिक्दै २०२४ मा अध्यक्ष बन्न पुगेको छु । उनले भने, ‘हाम्रो जेसिजको नियमित सेडुल अनुसार कार्यहरु गर्दै जाने छु ।’ हाम्रो कार्यकाल सफल पार्न यहाँहरु सबैको साथ सहयोग पाउने आशा र भरोसा राखेको उनले बताए ।

कार्यक्रममा अत्तरिया जेसिआई संस्थामा साथ सहयोग गर्नुहुने विद्यालय, व्यवसायी, संघ संस्थाका पदाधिकारीहरु लगायतका समाजसेवी व्यक्तित्वहरुलाई पुरस्कार, सम्मान तथा मायाको चिनो वितरण गरिएको थियो ।

अत्तरिया जेसिज २०१५ का अध्यक्ष भरत खड्काको स्वागत मन्तव्य संगै सुरु भएको समारोहको कायक्रम सञ्चालक जेसिसका महासचिव बम बहादुर बोगटीले गरेका थिए । कार्यक्रममा पूर्व जेसीहरुमा गणेश शाह, कमल कडायत, प्रमोद पाठक, हरि कडायत, विभिन्न संघ संस्थाका पदाधिकारीहरु लगायत समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...